काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १९ दशमलव छ अंकले ओरालो लागेको बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार भने पाँच दशमलव छ अंकले उकालो लागेर १८ सय ९४ दशमलव ७६ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७७ अंंकले उकालो लागेर तीन सय ६२ दशमलव शुन्य आठ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज दुई सय ८६ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ५५ हजार एक सय ९७ पटकको कारोबारमा ३७ लाख ३३ हजार पाँच सय २४ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कुल कारोबार रकम एक अर्ब आठ करोड ८५ लाख ४७ हजार नौं सय ८० रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये निर्जीवन बीमा, उत्पादनमुलक र ट्रेडिङ उपसमुहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा सहितका १० वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।