काठमाडौं । पुराना स्मार्टफोनहरू बिक्री गर्नका लागि सजिलो प्लेटफर्म नयाँपुरानो मोबाइल एपले एप्पलका इलेक्ट्रोनिक्स सामानहरूको प्रख्यात बिक्रेता इभो स्टोरसँगको साझेदारीमा स्मार्टफोन एक्सचेन्ज क्याम्प सञ्चालन गर्ने भएको छ ।
सो क्याम्पमा पुराना स्मार्टफोनको सट्टा नयाँ आइफोन किन्न सकिने सुविधा दिइने भएको छ । असोज २३ गतेदेखि तिहारसम्म लागू गरिएको यो एक्सचेन्ज क्याम्पमा नयाँपुरानो एक्सचेन्ज मोबाइल एपमार्फत आफ्ना पुराना फोनहरू नयाँ आइफोनहरूसँग साट्ने अवसर पाउनेछन् । यो एक्सचेन्ज क्याम्पबाट ग्राहकहरूले आफ्नो पुरानो फोनमा थप तीन हजार रुपैयाँसम्मको अधिक मूल्यांकन पनि प्राप्त गर्ने व्यवस्था रहेको नयाँपुरानो मोबाइल एपका अभिषेक अग्रवालले बताए । यसअघि इभोस्टोरले पुराना आईफोनसँग मात्र नयाँ आईफोनहरु एक्सचेन्ज गर्ने गरेको थियो । तर अब भने जुनसुकै मोबाइलसँग आईफोन एक्सचेन्ज गर्न सकिने भएको छ ।
नयाँपुरानो मोबाइल एप विगत दुई वर्षदेखि स्मार्टफोन ग्राहकहरूको व्यापारका लागि भरपर्दो र सहज प्लेटफर्मको रूपमा परिचित छ । आइफोनको रिटेल उद्योगमा भरपर्दो नाम–इभो स्टोरसँगको यो साझेदारीले सीमित–समयसम्म चल्ने यो योजनालाई अझ आकर्षक पनि बनाएको नयाँपुरानो एपका अभिषेक अग्रवालले बताए । इभो स्टोरसँगको यो सहकार्य नयाँपुरानो मोबाइल एपका लागि एउटा महत्वपूर्ण कोशेढुङ्गा बनेको उनको भनाइ छ । पुराना स्मार्टफोनलाई आइफोनमा नै एक्सचेन्ज गर्ने सुविधाले ग्राहकलाई प्रविधिसँग पनि नजिक राख्ने उनले बताए ।