काठमाडौं । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले चाडपर्वको अवसर पारेर ल्याएको अफरको बम्पर विजेता घोषणा गरेको छ ।
सुजुकीले सार्वजनिक गरेको ‘बाँडौँ खुसी चढौँ सुजुकी’ योजनाअन्तर्गत फेसबुक लाइभमार्फत योजनाका पहिलो बम्पर विजेता घोषणा गरिएको हो । सोअनुसार धरानका राजु रिजालले पहिलो बम्पर उपहारमार्फत १० ग्राम सुनको सिक्का जित्न सफल भएका छन् । रिजालले धरानस्थित नवदुर्गा अटो प्यालेसबाट एक्सेस १२५ सीसी बीएस ६ खरिद गरेका थिए । यस योजना लागू भएदेखि प्रत्येक १५ दिनमा देशभरका खरिदकर्ताहरुलाई समावेश गरी गरेको लक्की ड्रमार्फत रिजाल पहिलो विजेता बन्न सफल भएको कम्पनीले जनाएको छ ।
कम्पनीले सार्वजानिक गरेको योजनाअन्तर्गत ग्राहकले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार छुट वा कुनै पनि सुजुकी ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजार तथा अन्य कुनै ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा ग्राहकहरुले १० हजार रुपैयाँ थप मूल्यांकन प्राप्त गर्न सक्नेछन् । साथै शून्य प्रतिशत फाइनान्सको सुविधाका साथै एक वर्ष रोड ट्याक्स फ्री हुने समेत कम्पनीले जनाएको छ । साथै यो योजनाअन्तर्गत हरेक १५ दिनमा लक्की ड्रमार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहाकलाई उपलब्ध गराउने कम्पनीले जनाएको छ ।