काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुलाको सीमावर्ती क्षेत्र गुञ्जीमा भ्रमण गरेको विषयबारे सदनलाई जानकारी गराउन माग गरेका छन् ।
सभापति लामिछानेले समाचार र आधिकारिक निकायबाट भारतीय प्रधानमन्त्री मोदीले नेपालको भूमिमा भ्रमण गरेको पाइएको जानकारी आएको बताए । उनले भने, नेपालको चुच्चे नक्साभित्र ‘कुटी र गुञ्जी’ क्षेत्र पनि पर्छ, गुञ्जी क्षेत्रमा भारतीय प्रधानमन्त्रीले भ्रमण गरेको कुरा प्रमुख जिल्ला अधिकारीबाट पनि पुष्टि भएको छ ।