काठमाडौँ । बिहीबार प्रहरीको गोली लागेर काठमाडौँको बौद्धमा लुटेरा समूहका एकजना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागेर सिन्धुलीका सन्तोष घनाल घाइते भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
प्रहरी टोलीमाथि लुटेरा समूहले आक्रमण गर्दा आत्मरक्षाका लागि जवाफी फायर गर्दा घनाल घाइते भएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । घाइते भएका घनालको एनएम्स अस्पताल जोरपाटीमा उपचार भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
यसैगरी प्रहरीले उक्त घटनामा शान्त लामा र जितेन लामालाई नियन्त्रणमा लिनुका साथै उनीहरुको साथबाट सात राउण्ड गोली, एउटा पेस्तोलसहित दुई वटा मोटरसाइकल बरामद गरिएको प्रवक्ता रेग्मीले बताए ।