काठमाडौं,नेकपा एमालेका नेता महेश बस्नेतको गाडी बिहीबार झापामा तोडफोड भएको छ । बस्नेतसगैँ युवासंघका नेताकार्यकता चढेर आएका गाडी पार्किङमा राखेर नेताहरु कार्यक्रममा गएका थिए । उक्त गाडीलाई पहिचानवादी र दुर्गा प्रसाई समर्थकहरुले तोडफोड गरेको बुझिएको छ । पहिचानबादीहरु एमालेसँग रुष्ट भएको प्रतिसोध र काठमाडौंमा केहि दिन अघि दुर्गा प्रसाईलाई युवासंघका कार्यकताले मोसो दलेका थिए । त्यसैको प्रतिसोध स्वरुप गाडी तोडफोड भएको पाइएको छ । तोडफोडमा दर्जन भन्दा बढी गाडीहरुमा क्षेती भएको प्रत्यक्षदशीहरुले बताएका छन् । तोडफोडमा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको पाइएको छ ।