काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई चार दशमलव २१ प्रतिशत लाभांश वितरण गर्नै घोषणा गरेको हो । बैंक सञ्चालन सञ्चालक समितिको यही असोज २४ गते बुधबार बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत उक्त अनुपातमा लाभांश वितरण गर्नै प्रस्ताव गरेको हो । लाभांश वितरणसम्बन्धी उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।