काठमाडौं । चाडबाडको बेला किनमेलको चटारो परिरहेका बेला ‘बेलाको’ कम्पनीले आम उपभोक्तालाई उपहारको झटारो हानेको छ । हरेक सामानको खरिदमा हात खाली नजाने उपहारसँगै एक जना भाग्यमानी विजेताले २५८ लिटरको रेफ्रिजेनेटर प्राप्त गर्नेछन् ।
यस्तै प्रत्येक सामग्री खरिदमा १० प्रतिशत छुट गरिएको छ भने स्क््रयाच कुपनमा एक हजार रुपैयाँसम्म क्यास ब्याक राखिएको कम्पनीले जनाएको छ । बेलाको सामाग्री उपयोगले घर सजाउने, भान्सा मगमगाउने र चाडबाड रङ्गीन बनाउने कम्पनीले दाबी गरेको छ । प्रदीप खड्का ब्रान्ड एम्बेसडर रहेका बेलाको कम्पनीले रेफ्रिजेनेटर, वासिङ मेसिन, स्मार्ट टेलिभिजन, स्मार्ट एसी, ग्यास स्टोप, राइस कुकर, आइरन, इलेक्ट्रिक कित्ली, हिटर, बहुउपयोगी ब्लान्डरलगायत गृह उपकरण नेपाली बजारमा ल्याएको छ ।