काठमाडौं । श्रीकंकाली माध्यमिक विद्यालयले आफ्नो ४०औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । आज(शुक्रबार) बिहान नेपाल कम्यूनिष्ट पार्टी(एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलिको प्रमुख आतिथ्यमा चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ पुरानो नैकापस्थित श्रीकंकाली माध्यमिक विद्यालयले आफ्नो ४०औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
सो अवसरमा शुभकामना आदानप्रदान गर्नुको साथै पुरस्कार वितरण एवम् सम्मान कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा विद्यालय ब्यबस्थापक समितिका अध्यक्ष गुण राज भट्ट, पूर्व शिक्षा मन्त्री तथा संघीय सांसद कृष्ण गोपाल श्रेष्ठ, क्षेत्रीय सभासद केशव पोख्रेल, चन्द्रागिरी नगरपालिका मेयर घनश्याम गिरि, चन्द्रागिरी नगरपालिकाका उपमेयर बसन्ती श्रेष्ठ, चन्द्रागिरी न.पा.५ का वडाध्यक्ष राजेन्द्र महर्जन, चन्द्रागिरी न.पा.१० का वडाध्यक्ष शिब कुमार महर्जन, चन्द्रागिरी न.पा.१३ का वडाध्यक्ष श्रीकृष्ण खत्रीलगायत करिब तीन सय जनाको उपस्थित रहेको थियो ।