मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । ९ एनएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको हो । शनिबार बिहान ७ः१३ मिनेटमा हाई अल्टिच्युडमा रहेका यात्रु लिनलाई रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा पाइलट मात्रा रहेको थिए । पाइलट पिके सेढाइ सुरक्षित रहेका छन् । अहिले उनलाई हम्स हस्पिटल ल्याईँदैछ । दुर्घटना के कारणले भयो भन्ने कुरा अनुसन्धानबाट मात्र थाहा हुनेभएको छ ।