काठमाडौं, वैशाख २८ युुनाइटेड इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा चार करोड २६ लाख छ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा सात करोड ५५ लाख १३ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब दुुई करोड ८१ लाख ६० हजार रूपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी पाँच रूपैयाँ ५३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ दुुई सय २७ रूपैयाँ २३ पैसा रहेको छ ।