काठमाडौं । गरिमा विकास बैंकले नेपालीहरुको महान चाड बडा दसैंलाई लक्षित गरि नगद फिर्ता योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकका लागि कुनै पनि सामान खरिद गरी बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम दुई सय नगद फिर्ता योजना सार्वजनिक गरेको हो ।
यस योजना अन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले विकास बैंकको एउटा कार्डबाट अधिकतम दुई सयसम्म नगद फिर्ता पाउन सक्नेछन् । यस योजनाको अवधि यहि असोज २८ देखि कार्तिक ७ गतेसम्म रहेको छ ।
साथै, बैंकले आफ्ना ग्राहकहरुको दसैं किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरिसकेको जनाएको छ । हाल, गरिमा विकास बैंकले देशभर एक सय २२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैकिङमार्फत सेवा प्रवाह गर्दै आएको छ ।