काठमाडौं,धेरै लागत भएपछि मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले सबै ठेक्का प्रक्रिया रद्द गरी नयाँ प्रक्रियामा जाने भएको छ । टेन्डरमा सबैभन्दा कम प्रस्ताव नै लागत अनुमानभन्दा ६६ प्रतिशत उच्च भएपछि यो पक्रिया रद्द गरिएको बुझिएको छ । समाचार स्रोतका अनुसार अब प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गर्ने तयारी भइरहेको बुझिएको छ । एमसीए नेपालले ३१५ किलोमीटर लामो प्रसारण लाइन परियोजनालाई तीन भागमा बाँडेर निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । एमसीएले ३१५ किलोमिटरका लागि प्रतिकिलोमिटर ७ लाख डलर हाराहारीमा खर्च छुट्टयाएको छ । तर,यसको डिजाइनमा रहेको शर्तका कारण खर्च दोब्बर हुन सक्ने विज्ञहरुले अनुमान गरेका छन् ।