काठमाडौं । एनआईसी एसिया क्यापिटलले विश्व लगानीकर्ता सप्ताह, २०२३ को अवसरमा जानकारीमूलक सामग्री प्रसारण गरेको छ । स्थापनाकालदेखि नै संस्थागत सामजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको कम्पनीले सोही कार्यलाई निरन्तरता दिने क्रममा विश्व लगानीकर्ता सप्ताह, २०२३ को अवसरमा क्यापिटलले लगानीकर्ता तथा आम सर्वसाधारणहरूलाई साक्षर र सुसूचित गराउने मुख्य उद्देश्यका साथ विभिन्न जानकारीमूलक समग्री अर्थात् भिडियो सन्देश सार्वजनिक गरेको हो ।
भिडियोमा वैदेशिक रोजागारीमा रहेका नेपालीहरूलाई छुट्याइएको सेयर खरिद आवेदन दिँदा ध्यान दिनुपर्ने कुराहरू, सर्वसाधारणमा निष्काशन गरेको सेयर बाँडफाँट प्रक्रिया, धितोपत्रको दोस्रो बजार, मुद्रा बजार उपकरणहरू, सामूहिक लगानी कोष, दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ तथा लगानीसम्बन्धी निर्णय लिँदा विशेष ध्यान दिनुपर्ने कुराहरूलगायत सूचीकृत कम्पनीहरूमा लगानीसम्बन्धी निर्णय गर्दा स्कोरबोर्डको प्रयोगको सम्बन्धमा आवश्यक जानकारी समावेश गरी क्यापिटलका अधिकारीहरूले तयार पारी प्रसारण गरेको छ ।