काठमाडौं । अनलाइनमार्फत यात्री बोक्ने पठाओ र इनड्राइभका ८३ राइडरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अफलाइनमा यात्री बोक्ने राइडरहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार अफलाइनमा यात्रा गर्दा आपराधिक घट्ना हुने सक्ने भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ गरी काठमाडौंका विभिन्न प्रहरी कार्यालय राखिएका उनीहरूमाथि छानबिन गरी छोड्ने प्रहरीको तयारी छ ।