कैलाली । इजरायलमा प्यालेस्टाइनी समूह हमासले आक्रमण गर्दा कञ्चनपुरको भीमदत्त नगरपालिका ३ का विपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ ।
बेपत्ता पारिएका विपिन अहिलेसम्म पनि सम्पर्कमा नआएको हुँदा उनका परिवारका सदस्यहरूले विपिनलाई हमास समूहले अपहरण गरेको भन्दै विभिन्न कार्यक्रममा सरिक हुन कैलाली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै उनको रिहाइको पहल गर्न अपिल गरेका छन् ।
ज्ञापन पत्र बुझ्नु अघि नै प्रचण्डले विपिनको बिषयमा सरकार गम्भीर रहेको र खोजी कार्य तीव्र पारेको बताएका थिए । विपिनमा बुबा, आमा र बहिनी पुष्पा जोशीले हस्ताक्षर गरेको ज्ञापन पत्र प्रधानमन्त्री प्रचण्डले बुझेका थिए । ज्ञापन पत्रमा विपिनलाई हमास समूहले ३्४ जना थाई नागरिकसँगै अपहरण गरेको भन्ने बुझिएकोले उनको रिहाइको लागि पहल गर्न अपिल गरिएको छ ।