काठमाडौं । नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले दशैँ, तिहार र छठ पर्वको अवसरमा विशेष एक्सचेन्ज महोत्सवको आयोजन गर्न लागेको छ ।
यस विशेष एक्सचेन्ज महोत्सवमा जुनसुकै ब्रान्डका ब्याट्रीहरु ल्याई एक्साइड ब्याट्रीसँग एक्सचेन्ज गर्दा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ । साथमा ज्याकपटमार्फत क्यासब्याक पनि प्राप्त गर्न सकिनेछ । पर्वविशेष यस महोत्सव यही कात्तिक १ देखि सीमित अवधिको लागि आयोजना गर्न लागिएको हो । नेपालभरी रहेका एक्साइडका आधिकारिक बिक्रेताहरुमार्फत यस योजनामा सहभागी भई भरपुर फाइदा उठाउन हुन कम्पनीले अनुरोध गरेको छ ।