मोरङ । जनता समाजवादी पार्टी(जसपा)ले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । कोशी प्रदेश सभा सांसद निर्मला लिम्बुले आज(बुधबार) भइरहेको प्रदेशसभा बैठकमा बोल्दै कार्कीलाई विश्वास मत दिने बताएकी हुन् ।
बैठकमा कार्की नेतृत्वको सरकारले प्रदेश नामाकरणको समस्या हल गर्छ भन्ने विश्वास रहेको भन्दै उनले तत्कालीन एमाले नेतृत्वको सरकारले आफू र आफ्नो पार्टीलाई दलीय हैसियत नदिइ कोशी नामाकरण गरेको दुखेसो पोखिन् । उनले विगतमा नेकपा (एमाले) नेतृत्वको सरकारले आफ्नो दलको कुरा नसुनेको पनि बताइन् ।
मुख्यमन्त्री कार्कीले प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका छन् र ९३ सदस्यीय कोशी प्रदेश सभामा जसपाको एक जना मात्रै सांसद छ ।