बाजुरा । गए राति सुदूरपश्चिम प्रदेशको सदरमुकाम चैनपुर आसपास बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको जनाएको छ ।

भूकम्पको धक्का बझाङका साथै डडेल्धुरा, बैतडी, बाजुरा, अछाम, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । यस प्रदेशका बासिन्दा लगातार भूकम्प जान थालेपछि त्रसित बनेका छन् ।