काठमाडौं, वैशाख २९
एनआईसी एसिया क्यापिटलले आफ्नो सेवा शुल्कमा भारी छुुट दिएको छ । हाल विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोनाको प्रकोप, त्यसको रोकथाम तथा नियन्त्रण गर्नको लागि नेपाल सरकारले यही जेठ पाँच गतेसम्म लकडाउन कायम गरेको तथा नेपाल धितोपत्र बोर्डको यही वैशाख २६ गतेको विज्ञप्तिअनुुसार यही चैत ३० गते मंगलबार धितोपत्रको कारोबार खुला गर्ने निर्णय गरेको र कारोबार भएको धितोपत्रहरू अनिवार्यरूपमा ईडीआईएसमार्फत राफसाफ गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो । सोहीअनुसार एनआईसी एसिया क्यापिटल तथा एनआईसी एसिया बैंक लिमिटेडबाट हितग्राही खाता खोली हालसम्म पनि मेरो सेयर खाता नलिएका हितग्राहीहरूले एनआईसी एसिया क्यापिटल लिमिटेडको लिंकमार्फत मेरो सेयर रजिष्ट्रेसन आवेदन फारम प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।