काठमाडौं । कोकाकोला नेपालले चाडपर्वको अवसर पारेर ‘सम्बन्ध उत्सव स्वादसँग’ अभियानलाई पुनः सुरु गरेको छ । अभियानमा दशैँ र तिहारलाई प्रतिनिधित्व गर्ने कलाकृतिहरू देखाउने दुईवटा लेबलहरू राखिनेछ ।
दुईवटा लेबलमा रहेका कलाकृतिले दशैँमा टीका लगाउने, तिहारमा दियो बाल्ने र देउसी भैलो खेल्ने÷मनाउनेजस्ता गतिविधिहरू समेटेको कम्पनीले जनाएको छ । उक्त लेबलहरू कोकाकोला एक लिटर, १.५ लिटर र २.२५ लिटरका बोतलमा उपलब्ध हुनेछन् । कोकाकोलाको ‘सम्बन्ध उत्सव स्वादसँग’ अभियानले दशैं र तिहारको भावनासँग पूर्णरूपमा मिलेर एकता र पारिवारिक बन्धनको मूल नेपाली सिद्धान्तहरू झल्काउने कम्पनीको भनाइ छ । कोकाकोला बेभरेज नेपालका म्यानेजिङ डाइरेक्टर, जी दीपक सेन्थिल नाथले कोकाकोलाको यो अभियानले दशैँ र तिहारलाई नेपालभरका परिवारहरूका लागि अझ विशेष बनाउन मद्दत गर्ने बताए ।