काठमाडौं । सानिमा बैंक लि.ले १९ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पँुजीको नौ प्रतिशत बोनस शेयर र पाँच दशमलव ७० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
आ.व. २०७९/८० मा दुई अर्ब ६१ करोड रुपैयाँ खुद मुनाफा गरेको सानिमा बैंकको कूल सम्पत्ति दुई खर्ब १५ अर्ब ६४ करोड रुपैयाँ, कूल निक्षेप एक खर्ब ७८ अर्ब ८५ करोड रुपैयाँ तथा खुद कर्जा सापटी एक खर्ब ४९ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । आ.व. २०७८/७९ को तुलनामा निक्षेप, कर्जा सापटी र कूल सम्पत्तिमा क्रमशः १२ दशमलव ५६, पाँच दशमलव ७८ र १२ दशमलव शुन्य दुई प्रतिशतले वृद्धि गरेको छ ।