मुग्लिन, दसैँमा तीन दिन मनकामना केबलकार बन्द गरिने भएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले नवमी, दशमी र एकादशीका दिन (कात्तिक ६, ७ र ८ गते) बन्द हुने जानकारी दिए । मनकामना केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने नायब प्रबन्धक शेरचनले बताए ।