काठमाडौं । आइतबार बिहान धादिङको खरी आसपासलाई केन्द्रविन्दु बनाएर अएको ६.१ रेक्टर स्केलको भूकम्पले धादिङमा १८ परिवारको घरगोठमा क्षति पुगेको छ । काठमाडौं उपत्यकाका साथै गोरखा, मकवानपुर, चितवनसम्म भूकम्पको धक्का महसुस भएको थियो । मानवीय क्षति नभएको तर घर गोठ चाँहि भत्किएको, चर्किएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए । उनले क्ष्तिको विवरण संकलन भइरहेको बताए ।