काठमाडौँ, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दुर्गम क्षेत्रमा उडानका लागि तीन जहाज खरिदका लागि बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ । निगमसँग हाल आन्तरिक उडानतर्फ दुई वटा ट्वीनअटर जहाज छन् ।निगमले दुर्गम क्षेत्रमा उडानका लागि तीन ट्वीनअटर खरिद गर्न लागेको हो । निगमले आन्तरिक स्रोतबाट ती जहाज खरिद गर्ने जनाइएको छ ।