काठमाडौं । आइतबार शुभकामना सन्देश जारी गर्दै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गरेकी छिन् । पूर्व राष्ट्रपति भण्डारीले सन्देशमा भनेकी छिन्, ‘हाम्रा चाडपर्वहरू हाम्रो सभ्यता, धर्म, संस्कृति र जीवनपद्धतिसँग अभिन्न रूपमा जोडिएका छन् । असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने बडादसैँ पर्वको आर्थिक र सामाजिक पक्षसमेत उत्तिकै महत्त्वपूर्ण रहेको छ ।”
देश विदेशमा रहेका परिवारका सदस्यबीचको पुनरमिलनका साथै मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद लिनेजस्ता मौलिक परम्पराले बडादसैंले परिवार, समाज र राष्टलाई भावनात्मक रुपमा एक बनाएको उनले सन्देशमा भनेकी छिन् । दसैँ २०८० ले सबै नेपालीमा नयाँ उत्साह, उमंग, जोश र जाँगर थप्ने विश्वास गरोस् भनी भण्डारीले शुभकामना व्यक्त गरेकी छिन् ।