काठमाडौं । कतारमा पक्राउ परेका आठ भारतीय नागरिक (भारतको जल सेनाका अवकाश प्राप्त) लाई फाँसीको सजायँ सुनाइएको छ । यसबाट स्तब्ध भएको भन्दै भारत सरकारले उनीहरुलाई जोगाउन सबै कानुनी विकल्पहरु खोजिने जनाएको छ । सेप्टेम्बर २०२२ मा उनीहरु कतारमा जासुसी गरेको आरोपमा पक्राउ परेका थिए । उनीहरुमाथि इजरायललाई संवेदनशील सूचना दिएको आरोप छ ।