काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले यही कात्तिक २१ गते एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी तीन अर्ब रुपैयाँबराबरको तीन करोड कित्ता सेयरमा एक सय छ रुपैयाँ प्रिमियम थप गरी दुई सय छ रुपैयाँ अन्तिम मूल्यमा छ अर्ब १८ करोड रुपैयाँबराबरको साधारण सेयरको बिक्री आह्वान गरेको हो ।
कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतको अनुपातमा साधारण सेयर जारी गर्न लागेको हो । बिक्री गरिने कुल सेयरमध्येमा दुई प्रतिशत अर्थात् छ कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीको लागि, १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकाहरूको लागि, पाँच प्रतिशत अर्थात् १५ लाख कित्ता सेयर सामूहिक लगानी कोषको लागि बिक्री गरी बाँकी रहेको सेयर सर्वसाधारणको लागि बिक्री गर्न लागेको हो । लगानीकर्ताहरूले न्यूनतम १० देखि अधिकतम तीन लाख कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।