पोखरा । पोखराको छोरेपाटनबाट स्तुपाहुँदै पुम्दीकोट जाँदै गरेको ग १ ख ८५८५ नं को माइक्रो बस दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते भएको कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।
उनले बस दुर्घटना हुनासाथ सुरक्षाकर्मी एवं स्थानीयवासीको सहयोगमा घाइतेको तत्काल उद्दार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइसकिएको बताए । प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।
दुर्घटना भएलगत्तै तत्काल उद्धार हुन सकेका कारण घाइतेलाई चाँडै नै अस्पतालमा पुर्याउन सकिएको स्थानीयवासी युवक लामिछानेले जानकारी दिए । घाइतेको अवस्थाबारे थप जानकारी आउन बाँकी छ ।