काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले छुट सुविधा ल्याएको छ । कम्पनीले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज जरिवाना) मा छुट सुविधा दिएको हो ।
साविकको प्राइम लाइफ इन्स्योरेन्स, युनाइटेड लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरूमा यही कात्तिक १० गतेदेखि २२ गतेसम्ममा नवीकरण एवं पुनर्जागरण गर्दा बीमा शुल्कमा लाग्ने विलम्ब शुल्क ब्याज जरिवानामा छुट दिएको कम्पनीले जनाएको छ । तीन वर्षसम्मको बीमालेख व्यतित अवधिमा ब्याज र जरिवाना शतप्रतिशत छुट हुनेछ ।
त्यस्तै, तीन वर्षदेखि सात वर्षसम्मको अवधिको ब्याज र जरिवानामा ५० प्रतिशत छुट हुनेछ भने सात वर्षभन्दा बढी अवधिकोमा ब्याज र जरिवानामा २५ प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ । यस किसिमको व्यतित बीमालेखमा पुनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एकपटक मात्र प्रदान गरिनेछ ।