काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणको चुक्ता पुँजी वृद्धिसम्बन्धी पछिल्लो निर्देशनअनुसार निर्जीवन बीमा कम्पनीहरूले न्युनतम दुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने छ । सोही अनुरूप कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ६६ प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्नका लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको हो ।
सो अनुसार कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ९६ करोड ३१ लाख रुपैयाँ बराबरको ९६ लाख ३१ हजार कित्ता हकप्रद सेयर जारी गर्नको लागि बोर्ड समक्ष अनुुमति माग गरेको हो । कम्पनीको हाल एक अर्ब ४५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । हकप्रद सेयरको बिक्री पश्चात् भने कम्पनीको चुक्ता पुँजी दुई अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ ।