काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार अपराह्न सम्बोधन गरेका छन्। संसद् भवन पुग्दा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना लगायतले महासचिव गुटरेस स्वागत गरेका हुन् ।