मोरङ । स्रोत नखुलेको २१ लाखभन्दा बढी रकमसहित १६ वर्षीय युवा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–६ स्थित शनि मन्दिर नजिकबाट स्रोत नखुलेको २१ लाख ८७ हजार रूपैयाँसहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरीले उनलाई उक्त रकम तथा कुमारी बैंकको चेकबुक एक थान, एनआईसी एसिया बैंकको चेकमा उमेश कुमार भगतको नाममा ८६ हजार आठ सय रूपैयाँ काटिएको चेक एक थान र ग्लोबल आईएमई बैंकमा विभिन्न मितिमा १६ लाख ६९ हजार ५ सय रूपैयाँ जम्मा गरेको रसिद चार थानसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।