दोलखा,१४ कात्तिक।दोलखामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । भीमेश्वर नगरपालिका –७ मा भएको दुर्घटनामा परी गौरीशङ्कर गाउँपालिका –५ सुरीका ४० वर्षीय रामकुमार खड्काको ज्यान गएको हो । काठमाडौंबाट चरीकोटतर्फ आउँदै गरेको प्रदेश २–४४ प ६८८३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
दुर्घटनामा घाइते भएका खड्काको सदरमुकाम चरिकोटमा रहेको सामुदायिक अस्पतालमा उपचार गर्न ल्याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । खड्काले चलाएको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।