काठमाडौं । नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लि.ले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीको यही असोज २९ गते बसेको सञ्चालक समितिको ५६ औं बैठकले आठौँ वार्षिक साधारणसभाको आव्हान गरेको हो ।

सो अनुसार कम्पनीले नेपाल एसबीआई बैंकको सभाहल कमलादीमा यही मंसिर पाँच गते बार्षिक साधारणसभा गर्नेछ । सभामा आगामी आ.व.को लागि लेखापरीक्षक नियुक्त गर्ने, गत आ.व.को वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्तावहरू रहेका छन् ।