लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोठाटारमा गोली चलाएको छ । प्रकाउ गर्न गएको प्रहरीलाई आक्रमण गर्न खोज्दा प्रहरीले गोली चलाउन परेको प्रहरीले बताएको छ ।

गोली लागेर लागूऔषध कारोबारी भारतीय नागरिक मोहमद करिम घाइते भएका छन् । उनको तीघ्रामा गोली लागेको छ । उनको साथबाट प्रहरीले दुई सय ग्राम खैरो हेरोइन र तराजु बरामद गरेको छ । उनीसँगै नेपाली नागरिक हर्क लिम्बु पनि पक्राउ परेका छन् ।