काठमाडौं । सेयर बजार परिसुचक (नेप्से) पुन ओरालो लागेको छ । अघिल्लो दिन दोहोरो अंकले ओरालो लागेको बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पनि पाँच दशमलव ८३ अंकले ओरालो लागेर तीन सय ५९ दशमलव ९५ बिन्दुमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आज शुन्य दशमलव ८३ अंकले ओरालो लागेर तीन सय ५९ दशमलव ९५ बिन्दुमा झरेको छ ।
धितोपत्र बजारमा आज दुई सय ९६ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ७७ हजार आठ सय ७० पटकको कारोबारमा ३३ लाख ६४ हजार ५६ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम ८१ करोड २० लाख ८९ हजार दुई सय ९१ रुपैंयाँ ३१ पैसा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये लगानी उपसमुहको सुचक ओरालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।