काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारका लागि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार तिहार पर्वको अवसरमा सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री गर्न लागिएको हो ।
प्रतिव्यक्ति बढीमा सुनका असर्फी एक सेट र चाँदीका सिक्का मेडालियन एक सेट बिक्री गर्न लागिएको हो । असर्फी खरिदका लागि नगद वा क्युआरमार्फत् भुक्तानी गर्न सकिने राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका अनुसार असर्फी खरिदका लागि यही कात्र्तिक १९ गते देखि कात्र्तिक २४ गतेसम्म बिहान ११ बजेदेखि अपरान्ह तीन बजेसम्म नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखामा सम्पर्क गर्न सकिने राष्ट्र बैंकको छ ।