काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले फर्दर पब्लिक अफरिङ (एफपीओ) को बिक्री आह्वान गरेको छ । लघुवित्तले यही कात्तिक २१ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक करोड ७८ लाख ४५ हजार एक सय रुपैयाँ बराबरको एक लाख ७८ हजार चार सय ५१ कित्ता एफपीओको बिक्री गर्न लागेको हो ।
एफपीओको बिक्री प्रबन्धककामा सिद्धार्थ क्यापिटल रहेको छ । लगानीकर्ताहरूले न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको एफपीओको खरिद बिक्री कार्य छिटोमा कात्तिक २४ गते र ढिलोमा मंसिर पाँच गतेसम्म हुनेछ । लघुवित्तले एफपीओ निष्कासनका लागि २०७८ चैत २५ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । संस्थाको हाल चुक्ता पुँजी २२ करोड ९० लाख रुपैंयाँ छ ।