काठमाडौं । जन्मकैद सजाय पाएका योगराज ढकाल रिगललाई सर्वोच्च अदालतले आममाफी दिने सरकारको निर्णय बदर गर्न आदेश दिएको छ ।
रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले बदर गर्न आदेश दिएको हो । रिगलको कैद मिनाहा गर्ने निर्णय बदर भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरे जानकारी दिए ।
२०७२ असार २८ मा नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगललाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
गत असोज ३ गते संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा रिगलसहित अन्यको कैद मिनाहा गरेका थिए ।