मोरङ । पथरी शनिश्चरे नगरपालिका–१ सुन्दर बस्ती बस्ने ५२ वर्षीया गंगा राईको कुलोमा डुबेर मृत्यु भएको छ । उनको आफ्नै घर नजिक रहेको कुलोमा डुबेर बुधबार साँझ मृत्यु भएको हो । डुबेर गम्भीर घाइते भएकी उनको पथरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।