काठमाडौं । विभिन्न ठाउँमा गरि पाँच जना मृत फेला परेका छन् । प्रहरीका अनुसार आज(बिहीबार) काठमाडौं, सिरहा, दाङ, बारामा गरी चार जिल्लामा पाँच जना मृत फेला परेका हुन् ।
काठमाडौं, दक्षिणकाली नगरपालिका–४ स्थित बाँसबारी डाँडा रेष्टरेण्ट एण्ड गेष्ट हाउसमा काम गर्ने हुम्ला खार्पुनाथ गाउँपालिका–१ घर बताउने ३४ वर्षीय धन राज शाही ठकुरी बिहीबार सोही गेष्टहाउसको कोठमा मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका–१ गैरीगाउँ गिरिटोल घर भएका ५८ वर्षीय बदन गिरी आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
सिरहा, मिर्चैया नगरपालिका–६ कटारी चोकस्थित एनएमबी बैंकमा गार्डको काम गरी बस्ने महोत्तरी बर्दिवास नगरपालिका घर भएका ५७ वर्षीय नेत्र बहादुर गुरुङ गार्ड सुत्ने कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
दाङ, लमही नगरपालिका–६ देउपुरस्थित स्वर्गद्धारी टोल सडक छेउमा सोही नगरपालिका–५ रातोडाडा बस्ने ४५ वर्षीय बासु देब पुन बिहीबार मृत अवस्था फेला परेका छन् ।
बारा, जितपुर सिमरा उपमहानगरपालिका–६ नगोलस्थित बाटोको छेउमा नाम, थर नखुलेकी अन्दाजी २५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् । यि सबै घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।