काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा पाँच करोड छ लाख ८४ हजार तीन सय २१ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा यस्तो नाफा छ करोड ३७ लाख ७१ हजार तीन सय १५ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब १४ करोड ७७ लाख ५६ हजार नौ सय ५६ रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासिक अवधिमा छ अर्ब ४६ करोड ६३ लाख ५६ हजार नौ सय ८७ रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब १३ करोड १६ लाख १७ हजार पाँच सय २५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड एक लाख ९६ हजार आठ सय १५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । स्प्रेडदर भने एक दशमलव ६० प्रतिशत रहेको संस्थाको वितरणयोग्य नाफा दुई करोड चार लाख ८३ हजार नौ सय ७१ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले सात अर्ब ४६ करोड ५० लाख ४१ हजार नौ सय ४८ रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब ६५ करोड ६२ लाख १५ हजार आठ सय १२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १२ करोड एक लाख ७९ हजार एक सय ८६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा निष्क्रिय कर्जाको अनुपात शुन्य रहेको थियो भने स्प्रेड दर दुई दशमलव ६१ प्रतिशत रहेको थियो ।