काठमाडौं । चिरख्वा हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) को बाँडफाँट सम्पन्न भएको छ । कम्पनीका अनुसार कुल ८५ हजार नौ सय ३० जना सर्वसाधारणले १० कित्ताका दरले कम्पनीको साधारण सेयर पाएका हुन् ।
कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी आठ करोड ५९ लाख ३० हजार रुपैयाँ बराबरको आठ लाख ५९ हजार तीन सय कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । कूल ११ लाख ३१ हजार नौ सय ३६ आवेदन स्वीकृत भएकोमा ८५ हजारले मात्रै साधारण शेयर पाएका छन् ।
कम्पनीले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङमार्फत् यही असोज २३ गते देखि छिटोमा असोज २६ गते र ढिलोमा कात्तिक तीन गतेसम्मको समय सीमा तोकेर साधारण सेयरको बिक्री आह्वान गरेको थियो ।