काठमाडौं, वैशाख ३१ कतार एयरवेजले स्वास्थ्यकर्मीहरुलाई निःशुल्क एक लाख टिकट उपलब्ध गराउने भएको छ । एयरवेजले स्वास्थ्य सेवामा अग्रपंक्ति रही कोभिड–१९ महामारीको समयमा स्वास्थ्यकर्मीहरुले पु-याएको अतुलनीय योगदानका लागि आभार स्वरुप एक लाख निःशुल्क हवाइ टिकट वितरण गर्ने घोषणा गरेको हो । एयरलाइनले दोहाको समय अनुसार मे १२ को ००ः०१ बजे देखि मे १८ को २३ः५९ बजेसम्म टिकटहरु वितरण गर्नेछ । स्वास्थ्यकर्मीहरुले एयरलाइनको आधिकारिक वेबसाइटमार्फत फारम भरी दर्ता गर्न सक्नेछन् । दर्ता गरिसकेपछि व्यक्तिगत युनिक कोड प्राप्त हुनेछ जसमार्फत फस्ट कम फस्ट सर्भ आधारमा टिकट वितरण गरिनेछ ।