काठमाडौं । गएरातिको भूकम्प प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन नेपाल टेलिकमले रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्वमा ५ दिनका लागि भ्वाइस कल (टेलिफोन) र एसएमएस सेवा निःशुल्क गराएको छ ।
साथै शनिबार टेलिकमले निःशुल्क सिम उपलब्ध गराउने घोषणा पनि गरेको छ । उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुने टेलिकमले जानकारी गराएको छ।
हाल नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा राम्रोसँग सञ्चालनमा रहेको टेलिकमले जनाएको छ । कम्पनीका कर्मचाहरीहरु प्रकाशचन्द्र सिग्देल (९८५१०२१७४०), जनक डाँगी (९८५१११०९९५५) र ओम प्रकाश ढकाल (९८५१३४७८७०)सँग कम्पनीका सेवा सम्बन्धी समन्वयका लागि सम्पर्क गर्न टेलिकमले आग्रह गरेको छ ।