जानकी (बाँके) । जाजरकोट केन्द्रविन्दु बनाएर आएको भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि बिरामीलाई रगतको अभाव हुन नदिन रगत सङ्कलन गरिएको छ । हालसम्म ४३ जनाले नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र बाँकेमा रक्तदान गरेको रक्त सञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले जानकारी गराएका छन् ।
घाइते बिरामीलाई शनिबार बिहान ३ बजेदेखि नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार सुरु गरिएको हो । २६ जनाको उपचार भइरहेको छ भने एकजनाको मृत्यु भएको प्रजिअ श्रवणकुमार पोखरेलल बताए । जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जाजरकोटको नलगाड–१ का ३३ वर्षीय टेकबहादुर पुनको उपचारका लागि अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको जानकारी दिए ।