काठमाडौं, वैशाख ३१
कारोबार खुलेको पहिलो दिन नै सेयर बजार ओरालो लागेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ४९ दिनदेखि रोकिएको सेयर बजार मंगलबारबाट खुला भएको हो । तर, कारोबार खुुलेको पहिलो एक घण्टा दुुई प्रतिशतले सेयर बजार ओरालो लागेपछि सर्किट ब्रेक लागेको थियो । सोपश्चात् पनि नेप्सेको ओरालो गतिले निरन्तरता पाएको छ । सोही आधारमा सेयर बजार परिसूचक अन्तिम समय अर्थात् एक बजेसम्म २५ दशमलव तीन बिन्दुुले बजार ओरालो लागेर १२ सय २६ दशमलव १५ अंकमा झरेको छ ।
‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन पाँच दशमलव ३९ अंकले ओरालो लागेर दुुई सय ६५ दशमलव ६७ अंकमा झरेको छ । यस दिन सेयर बजार ११ बजेदेखि एक बजेसम्म अर्थात् दुुई घण्टा खुुला रहेको थियो । सोही आधारमा यसदिन ८७ कम्पनीहरूको दुई सय ९१ वटा कारोबारमा १० लाख छ हजार तीन सय १२ कित्ता सेयर खरिदबिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिदबिक्री हुँदा कारोबार रकम १० करोड ४३ लाख ७२ हजार छ सय ४६ रूपैयाँ पुगेको छ ।
यसदिन कुुल ११ वटा समूहको सेयर कारोबार भएका छन् । जसअनुुसार सबै समूहको सूचक ओरालो लाग्दा बजार पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २६ दशमलव ११ अंकले ओरालो लागेर एक हजार ६७ दशमलव १५ बिन्दुुमा झर्दा विकास बैंक समूहको सूचक १५ दशमलव ३६ अंकले ओरालो लागेर १६ सय ९५ दशमलव ६५ बिन्दुमा झरेको छ । जलविद्युुत् समूहको सूचक पनि १५ दशमलव ३५ अंकले ओरालो लागेर नौ सय १७ दशमलव ७० बिन्दुुमा झर्दा लघुवित्त समूहको सूचक १८ दशमलव पाँच अंकले ओरालो लागेर दुुई हजार ३२ दशमलव २५ बिन्दुुमा झरेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ७२ दशमलव ३३ अंकले ओरालो लागेर पाँच हजार एक सय ९९ दशमलव ४२ बिन्दुुमा झरेको छ भने जीवन बीमा समूहको सूचक पनि एक सय ५७ दशमलव ७८ अंकले ओरालो लागेर छ हजार छ सय ३९ दशमलव ४२ बिन्दुुमा झरेको छ । यीबाहेक होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः तीन दशमलव ३८, तीन दशमलव २७, ३४ दशमलव ४६, १९ दशमलव ४२ र शून्य दशमलव शून्य एक अंकले ओरालो लागेका छन् ।
यसदिन कारोबार भएका मध्ये सबै समूहले गुमाएका छन् । सोमध्ये पहिलो स्थानमा परेको हिमालयन बैंकको प्रतिकित्ता सेयर मूल्य तीन रूपैयाँले घटेर चार सय ८५ रूपैयाँमा खरिदबिक्री भएको छ । दोस्रो स्थानमा परेको नबिल बैंकको प्रतिकित्ता सेयर मूल्य दुुई रूपैयाँ ९९ पैसाले घटेर छ सय ८० रूपैयाँमा खरिदबिक्री भएको छ । यीबाहेक नागरिक लगानी कोष, कृषि विकास बैंक आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।
यसदिन नागरिक लगानी कोषको सबैभन्दा बढी रकम कारोबार भएको छ । कोषको प्रतिकित्ता २३ सय ६७ रूपैयाँ अन्तिम मूल्यमा आठ करोड ८८ लाख ५७ हजार पाँच सय ९० रूपैयाँको सेयर कारोबार भएको छ । दोस्रो स्थानमा परेको छिमेक लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता नौ सय २७ रूपैयाँ अन्तिम मूल्यमा ४६ लाख ९८ हजार पाँच सय ४० रूपैयाँको कारोबार भएको छ । यीबाहेक नबिल बैंक, कामना सेवा विकास बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।