विराटनगर । सोमबार कात्तिक २० गते दिउँसो १ बजे कोशी प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक बस्ने भएको छ ।

कात्तिक १ गते स्थगन गरिएको सो बैठक अर्को सूचना जारी नभएसम्म कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम बैठक बस्ने भएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिएका छन् ।