काठमाडौं । पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनतालाई नबिल बैंक लिमिटेडले राहत सामग्री उपलब्ध गराएको छ । बैंकले भूकम्प प्रभावित क्षेत्रको जनताको उद्धार तथा राहतका लागि एक करोड रुपियाँ बराबरको राहत सामग्री वितरण गर्ने निर्णय गरेको हो ।
प्रमुख बजार अधिकृत कृष्ण सुवेदीले जिल्ला विपद् व्यवस्थापन समिती जाजरकोटद्वारा सञ्चालित एकद्वार राहत सङ्कलन र वितरण केन्द्रलाई बैंकको प्रतिनिधित्व गर्दै सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत हस्तान्तरण गरेका छन् ।
नबिल बैंकको प्रतिनिधित्व गर्दै राहत सामग्री बोकेर प्रमुख बजार अधिकृत सुवेदी तथा रारा क्लस्टर प्रमुख तपेन्द्र कुँवर जाजरकोट पुगेका थिए । आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समयमा भइरहेको दैविक प्रकोप पीडितलाई नबिल बैंकले राहत उपलब्ध गराउँदै आएको छ ।